रामग्राम नगरपालीकाले ४० लाख बढी रकम संकलन गर्न सफल

पुरुषोत्तम सुबेदी ,
नवलपरासी , ११ असोज । नवलपरासीको सबै भन्दा पहिलो नगरपालीका रामग्राम नगरपालीकाले गत आर्थिक बर्ष ०७२÷७३ मा आन्तरिक स्रोत तर्फ अनुमानीत आय भन्दा करिब ४० लाख बढी रकम संकलन गर्न सफल भएको छ ।सो आर्थिक बर्षमा कुल एक करोड ५७ लाख रकम संकलन गरेको नगरपालीकाले जनाएको छ । आन्तरिक आय श्रोत तर्फ अनुमानित आय एक करोड १४ लाख ६८ हजार ९ सय , यथार्थ आय रु एक करोड ५७ लाख ७ हजार २ सय ६२ रहेको छ । कार्यालयले गत आर्थिक वर्षमा भने बाह्य श्रोत तर्फ अनुमानित रकम रु ९ करोड ८६ लाख ८८ हजार ३ सय २४ र यथार्थ आय ९ करोड ८७ लाख ७० हजार २ सय ३५ गरि कुल अनुमानित आय जम्मा रु ११ करोड १ लाख ५६ हजार ९ सय २५ र यथार्थ आय जम्मा रु ११ करोड ४४ लाख ७७ हजार ४ सय ९७ रुपैया रहेको रामग्राम नगरपालिकाका लेखा प्रमुख कुन्दन चौधरीले बताउनु भयो ।
यस्तै गत वर्षमा नगरपालिकाले अनुमानित तर्फ रु ११ करोड १ लाख ५६ हजार ९ सय २५ रुपैया खर्च गरेको छ भने यथार्थ तर्फ ११ करोड ८ लाख ९ हजार ८ सय ७४ रुपैया खर्च गरको उँहाले बताउनु भयो । यस्तै नगरपालिकाले अख्तीयारीवाट प्राप्त बजेट रु ६ करोड ४७ लाख २१ हजार ४ सय २५ मध्ये लाक्षित समुह विकास कार्यक्रम अन्तर्गत को ३५ प्रतिशतको रु १४ लाख ३० हजार ६ सय ६२ , सबै जातजातिका आर्थिक रुपमा विपन्न एवं पिछडिएको वर्ग लक्षित कार्यक्रम अन्तर्गत रु २२ लाख २२ हजार ३ सय १२ आर्थिक समाजिक एवं भौतिक पुर्वाधार कार्यक्रम अन्तर्गत २ करोड १५ लाख १० हजार ४ सय १९ रुपैया खर्च गरको छ ।
भने प्रवद्र्धनात्तमक क्षेत्र कार्यक्रम अन्तर्गत ८४ लाख ५२ हजार ४ सय ९७ र जगेडा कोष कार्यक्रममा रु २ करोड ८७ लाख १७ हजार ७१ , युनिसेफ कायक्र्रम अन्तर्गत ४ लाख ७१ हजार ९ सय ५० रुपैया खर्च गरको रामग्राम नगरपालिकाले जनाएको छ ।
यस्तै बातावरण मैत्री अभियानका लागि १ करोड ६० लाख १८ हजार वार्षिक बजेट रहेपनि गत वर्ष जम्मा रु १ करोड २७ लाख १५ हजार ९ सय २० रुपैया मात्र खर्च भएको रामग्राम नगरपालिकाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया