रामपुर विजयी


प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको विहीबारको खेलमा रामपुर फुटबल क्लवले १–० को गोल अन्तरले युनिक क्लब भरतपुरलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको २७ औं मिनेटमा रामपुरका अमृत मगर गोल गरेका थिए ।
खेलको म्यानअफ दि म्याच रामपुर का अमृत मगरलाई प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारी,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापा र ब्याबसायि प्रतिक श्रेष्ठ र युवा नेता तीलकराज भण्डारीले ट्रफि प्रदान गरेका थिए । फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
शुक्रबारको डिफेन्डिगं च्याम्पियन नेपालि सेनाको द फेमस ( महेन्द्रदल ) गण भरतपुर ब्यारेक र गैडाकोट फुटबल क्लबका बिचमा खेल हुने छ ।
तपाइँको प्रतिक्रिया