राष्ट्रपतिको उम्मदवार पौडेललाई भोट हाल्नका लागि रेशम चौधरीका शर्तहरु

काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले भेटवार्ता गरेका छन् । डिल्लीबजारको केन्द्रीय कारागार रहेका चौधरीलाई नेता पौडेलले भेटेका हुन् ।
भेटवार्ताको क्रममा चौधरीले नेता पौडेललाई आफ्नो केहि शर्तहरु रहेको र त्यो पुरा भएमात्र भोट हाल्न सकिने स्पष्ट बताएका छन् ।
भेटवार्तामा चौधरीले पौडेल समक्ष सुदुरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने, गोदावरीमा रहेको राजधानीलाई धनगढीमा राख्नुपर्ने, टीकापुर घटनाको दोषीलाई रिहाइ गर्नुपर्ने शर्तहरु राखेको स्रोतले बताएको छ ।
उनले आफ्नो रिहाई नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने स्पष्ट सन्देश पठाएका छन् ।
तपाइँको प्रतिक्रिया