राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरूलाई आज प्रशिक्षण दिने

फाल्गुन १८, काठमाडौं ।
आठ दलीय गठबन्धनले सांसदहरूलाई आज प्रशिक्षण दिने भएको छ । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उनीहरुलाई आज प्रशिक्षण दिन लागिएको हो ।
नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरूलाई आज प्रशिक्षण दिने दिने तयारी दलहरूले गरेका हुन् ।
८ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू प्रशिक्षणमा सहभागी हुने छन् । काठमाडौंको तीनकुने स्थित रोयल व्याङ्क्वेटमा दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुने छ ।
पार्टीका शीर्ष नेताहरूले सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रिया