राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई सघाउन नसक्ने नेकपा एसको जवाफ

फाल्गुन १८, काठमाडौं
नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई सघाउन नसक्ने जवाफ दिएको छ । एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेका एमाले नेताहरूलाई अध्यक्ष नेपालले यस्तो जवाफ फर्काएका थिए ।
दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका अध्यक्ष नेपालले सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद दिँदै फेरिपनि छलफल हुनसक्ने बताउनुभयो । राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको उनको जवाफ थियो । राष्ट्रपतिमा तत्काल आफूहरूले केही गर्न सक्ने अवस्था नभएपनि वार्ताको र मित्रता विस्तारको प्रयासमा सकारात्मक रहेको बताए ।
तपाइँको प्रतिक्रिया