राष्ट्रपति आज लुम्बिनी , तिलौराकोट हुदै नवलपरासी आउनुहुने

नवलपरासी , ७ जेठ । राष्ट्रपति बिद्यादेवी भण्डारी आज लुम्बिनी हुदै नवलपरासी आउनुहुने भएको छ । राष्ट्रपति भण्डारी पहिला लुम्बिनी त्यसपश्चात तिलौराकोट र दिउसो नवलपरासीको रामग्राम स्तुप आउने मैखिक जानकारी आएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिनुभयो ।
सो अनुसारको सुरक्षा ब्यस्थापन मिलाईएको प्रजिअ पन्थले भन्नुभयो “हामीलाई लिखित पत्र आएको छैन तर पनि मैखीक रुपमा राष्ट्रपति भण्डारी भगवान गौत्तमबुद्धको अष्ठधातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा दिउसो आउने कार्यक्रम तय भएको छ ” ।
२५६० औँ बुद्ध जयन्तीको पुर्ब सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्ध जन्म स्थल लुम्बिनी सहित बुद्ध संग सम्ब्न्धीत स्थलहरु तिलौराकोट रामग्राम स्तुप क्षेत्रको अबलोकन गर्न आज यस तर्फ आउन लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारीले बिशेष गरी शनिबार लुम्बिनीमा आयोजीत २५६० औँ बुद्ध जयन्ती मुल समारोहलाई उद्घाटन गर्ने कार्यक्रम यस अगाबै तय भईसकेको छ । सो भब्य समारोहमा जेठ ६ र ७ गते काठमाण्डौमा जारी बौद्ध अन्तराष्ट्रिय गोष्ठीमा निकालीएको निष्कर्षलाई घोषणापत्रको रुपमा जारी गरिने लुम्बिनी बिकास कोषका सदस्य सचिब अजिनमान तामाङ्गले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया