राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले मत माग्दै सांसदहरुलाई गरे पत्राचार

काठमाडौँ, फागुन १८
आठ दलिय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई आज पत्राचार गरेका छन् ।
सबै सांसदहरुलाई उनले आफ्नो लेटरप्याडमा सम्बोधन गरी पत्र लेखेर मत मागेका हुन् ।
नेपाली कांग्रेस–माओवादी केन्द्र सहितका ८ राजनीतिक दलले बिहीबार नै काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेका थिए ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका हुन् ।
तपाइँको प्रतिक्रिया