राष्ट्रपति भण्डारी तिलौराकोटमा यसपछि रामग्राममा

नवलपरासी , ७ जेठ । लुम्बिनीको भ्रमण सकेर राष्ट्रपति बिद्यादेवी भण्डारी आज दिउसो करिब १ ः२५ बजे कपिलबस्तुको तिलौराकोट आईपुग्नुभएको छ । लुम्बिनीमा रहेको मायादेबी मन्दिरमा पुजा दर्शन सहित लुम्बिनी क्षेत्रको अबलोकन सकेपछि राष्ट्रपति भण्डारी तिलौराकोट पुग्नुभएको हो ।राष्ट्रपति भण्डारी करिब १ घण्टा लुम्बिनीमा रहदा लुम्बिनीको समग्र गुरु योजना , लुम्बिनीको समग्र अवस्था बारे लुम्बिनी बिकास कोषका सदस्य सचिब अजितमान तामाङ्गले राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति भण्डारी तिलौराकोटमा रहेको भगवान गौत्तमबुद्ध संम्बन्धीत बिभिन्न बिभिन्न स्थलहरुको अबलोकन गर्ने कार्यक्रम छ । छोटो समयमा भण्डारी तिलौराकोट क्षेत्रको अबलोकन गरी त्यसबारे जानकारी लिने कार्यक्रम रहेको समेत बुझिएको छ ।तिलौराकोटको समेत अबलोकन पश्चात राष्ट्रपति भण्डारी नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अबलोकनका गर्न दिउसो करिब २ बजे पछि रामग्राम स्तुप आईपुग्ने कार्यक्रम छ ।२५६० औँ बुद्ध जयन्तीको पुर्ब सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्ध जन्म स्थल लुम्बिनी सहित बुद्ध संग सम्ब्न्धीत स्थलहरु कपिलबस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अबलोकन गर्न आज यस तर्फ आउनु भएको हो ।
राष्ट्रपति भण्डारी आज नेपाली सेनाको बुटवल स्थित २२ नम्बर वाहीनीमा बस्ने कार्यक्रम रहेको बज्रदल गण नवलपरासीका सेनानी पुर्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले बिशेष गरी शनिबार लुम्बिनीमा आयोजीत २५६० औँ बुद्ध जयन्ती मुल समारोहलाई उद्घाटन गर्ने कार्यक्रम यस अगाबै तय भईसकेको छ ।
भब्य समारोहमा जेठ ६ र ७ गते काठमाण्डौमा जारी बौद्ध अन्तराष्ट्रिय गोष्ठीमा निकालीएको निष्कर्षलाई घोषणापत्रको रुपमा जारी गरिने लुम्बिनी बिकास कोषका सदस्य सचिब अजितमान तामाङ्गले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया