राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने : नेपाली काँग्रेस

नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवासमा शनिबार बिहान बसेको बैठकले संसदमा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो । आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा पदाधिकारीको निर्णयलाई प्रस्तुत गरि पारित गरिने महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो ।
केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्ने बताईएको छ ।
तपाइँको प्रतिक्रिया