राष्ट्रपति र तीन दलका शीर्ष नेताबीच छलफल

१६ साउन, काठमाडौं । नयाँ सरकार गठनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रपति भण्डारीले शीतल निवास छलफल गरिरहेकी छिन् ।
सहमतिका आधारमा सरकार गठनको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेकी हुन् ।
तपाइँको प्रतिक्रिया