“राष्ट्रप्रेम” लिएर आउदै बिशाल पौडेल

राजन खरेल,
गैँडाकोट, २३ असार ।
ओसियन ईन्टरनेसनल म्युजिक एण्ड मुभिजको ब्यानरमा चर्चित लोक कलाकार बिशाल पौडेलको नयाँ भिडियो छायांकन बजारमा आउने भएको छ । राष्ट्र प्रेमको भावनाले ओत प्रोत गितका रुपमा “राष्ट्रप्रेम” को छायांकन समेत सुरु गरिएको छ । पहिलो चरणको छायाकंन अहिले पुर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सुरु गरिएको गितका सर्जक समेत रहेका गायक विशाल पौडेलले जानकारी दिएका छन् । सो अन्र्तगत गत शनिबार गैँडाकोट नगरपालिकाको वडा नम्बर १४ स्थित लभ डाँडा अमरापुरीमा गितको विशेष कार्यक्रम बिच शुभमुहर्त गरि छायांकन अगाडी बढेको छ ।
गायक पौडेलको शब्द अनि संगीतले सुसज्जित गीतमा स्वयम् बिशाल पौडेल, गीता शाही, केशव आचार्य, काब्य आचार्य, बिबेक पाण्डे संगै कल्पना सापकोटाले आवाज दिएका छन् । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भई श्याम स्वेत रसाईलीद्वारा सम्पादित “राष्ट्रप्रेम” को संगीत संयोजन बहुचर्चित संगीतकार एबम् संगीत संयोजक आशिष अबिरलले गरेका छन् ।
भर्खर छायांकन शुरु गरिएको गीतलाई स्वयम् बिशाल पौडेल र मोफसलका चर्चित निर्देशक प्रविन भण्डारीले निर्देशन गर्दै हुनुहुन्छ भने छायांकन तर्फ कुशल छायाँकार नारायण आचार्यलाई जिम्मा दिइएको छ ।
राष्ट्र अनि राष्ट्रियता रक्षाका लागी तयार गर्न लागिएको “राष्ट्रप्रेम” एउटा ऐतिहासिक गीत बनोस् बिशाल पौडेल लगायतका सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट शुभकामना ।
तपाइँको प्रतिक्रिया