राष्ट्रियताका लागि सघर्षका कार्यक्रम घोषणा : नेत्रबिक्रम चन्द्र बिप्लव

नेत्रबिक्रम चन्द्र बिप्लव नेतृत्वको नेकपा माओवादीले भारतले नेपालको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको भन्दै सघर्षका कार्यक्रम घोषणा गरेको छ । आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे माओवादीले नाकाबन्द बिरोध प्रर्दशन गर्ने देखि भारतिय गाडी सञ्चालनमा अबरोध गर्ने लगाएतका कार्यक्रमको घोषणा गरेको हो । माओवादीले नेपाली भूमिभित्र भारतिय नंवरप्लेटका गाडी चल्न रोक लगाउने , भारतीय टेलिभिजनलाई रोक लगाउने , भारतिय चलचित्र प्रर्दशनमा रोक लगाउने जनाएको छ । त्यस्तै कृतिम आपूर्तिका व्यबस्थाका लागी तुरुन्तै पहल गर्ने , कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही गर्दे आन्तरिक आपूर्तिलाई सहज बनाउने पनि पत्रकार सम्मेलनमा प्रवक्त खड्क वहादुर बिश्वकर्माले जानकारी दिनुभयो । माओवादीले नाकाबन्ती बिरुद्ध बिरोध प्रर्दशन गर्ने जनाउदै सर्घषमा सहभागीहुन अपिल समेत गरेको छ ।
तपाइँको प्रतिक्रिया