राष्ट्रियताको अभियानमा मद्दत गर्न उद्योगपतिलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको अभियानमा मद्दत गर्न उद्योगपतिलाई आग्रह गर्नुभएको छ । विहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटमा उहाले यस्तो आग्रह गर्नुभएको हो । उहाले मधेसवादी दलहरुसँग वार्ता भइरहेकाले वार्ता र सम्वादकै माध्यमबाट चाँडो समस्या समाधानको प्रयास सरकारले गरिरहेको पनि बताउनुभएको थियो । विदेशीले दिने अनुचित दबावका अगाडि नझुक्ने प्रधानमन्त्रीले उद्योगीहरुलाई बताउनुभएको थियो । उहाले भारतले लगाउँदै आएको नाकाबन्दी अझै लम्बिने संकेत गर्दे पूर्व तयारीमा रहन पनि आग्रह गर्नुभएको बुझिएको छ । भारतले लगाइरहेको अघोषित नाकाबन्दी र मधेसमा भइरहेको आन्दोलनका कारण उद्योगधन्दाहरु धरासयी भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिनुभयो । उहाले मुलुकमा रहेको समस्या छिटै समाधान भएर जाने आश्वासन पाएको पनि बताउनुभयो । प्रधानमन्त्रीसंगको भेटको टोलीमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, शेखर गोल्छालगायत सिंहदरबार पुग्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया