राष्ट्रियताको पक्षमा बुटवलमा साईकल रयाली
पुरुषोत्तम सुबेदी
रुपन्देही,१२ असोज । राष्ट्रियताको पक्षमा जनमत सृजना गर्न भन्दै बुटवलमा आज बिहान स्थानिय युवाहरुले साईकल ¥याली प्रर्दशन गरेका छन् ।
बिदेशीको भरपर्नुको सट्टा आत्मनिर्भर बन्ने तर्फ लाग्नुपर्ने सन्देश दिदै उनिहरुले बुटवल बजारमा साईकल ¥याली गरेका हुन् ।
स्वतस्र्फुत रुपमा निकालीएको ¥यालीमा नेपालको राष्ट्रिय झण्डा , त्यसैगरी राष्ट्रिय एकताको सन्देश प्रभाब गर्ने झण्डा र पोष्टरहरु प्रर्दशन गरिएको ¥यालीका अगुवा नेपाल जेसीजका पुर्ब राष्ट्रिय अध्यक्ष अनुपमान सैजीले बताउनुभयो । बुटवलको मिलनचोक बाट सुरु भएको साईकल ¥याली बुटवलको योगीकुटी , राजमार्ग चौराहा , गोलपार्क हुदै ट्राफीक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने बत्ताहरुले भारतले गरेको अघोषीत नाका बन्दीको बिरोध गर्दै अहिलेको समस्याको सबै नेपाली एक जुट भएर समाधान गर्नुपर्ने बताएका थिए ।
तपाइँको प्रतिक्रिया