राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

भाद्र २३, काठमाण्डौं
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् ।
त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ ।
लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
तपाइँको प्रतिक्रिया