राष्ट्रिय पुननिर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुनर्निर्माण बजेट सार्बजनिक हुदै

काठमाडौं, वैशाख ३० –
राष्ट्रिय पुननिर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्ग्चित्र बिहीबार सार्वजनिक गर्ने भएको छ । धिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तराष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना उनीहरुलाई नै साक्षी राखेर सार्वजनिक गर्न लागेका हुन् । क्षति भएका आठ लाख व्यक्तिगत घर पुनार्निर्माणका लागि सरकारले दिने अनुदान रकम करिब १६ अर्बमात्र हुने छ भने पुनर्निर्माणको वार्षीक बजेट करिब एक खर्ब ५० अर्ब हुनेछ । राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपत्पछिको आवश्यकता आकलन’ मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बताए । प्रतिवेदन अनुसार गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका चार सयभन्दा बढी पराकम्पले सात खर्ब ६ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षेति गराएको थियो । पुनर्निर्माण र पुनास्र्थापनाका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनले गरेको थियो । ‘त्यसमा एक बिलियन अमेरिकी डलर बढेको छ,’ सचिव अधिकारीले भने । भूकम्पबाट क्षति भएका २१ वटै क्षेत्र समेटिएको पञ्चवर्षीय कार्ययोजना पुनर्निर्माणको मार्ग्चित्र हुने विश्वास गरिएको छ ।
तपाइँको प्रतिक्रिया