राष्ट्रिय फुटवलर खेलाडी विमल घर्ती मगरको वहिनी रहत्समय मत्यू प्रकरण

पुरुषोत्तम सुबेदी
नवलपरासी , ६ असार । राष्ट्रिय फुटवलर खेलाडी विमल घर्ती मगरकी १७ बर्षिय बहिनी मनिषाको हत्या प्रकरणमा न्यायीक छानबिन हुनुपर्ने माग राख्दै गृह जिल्ला नवलपरासीमा प्रर्दशन भएको छ । स्थानिय प्रहरी प्रशासनलाई दवाव दिने उदेश्यले घटनाको सत्य तथ्य छानबिनको माग राख्दै बिमल , बिमलका आफन्त र स्थानियहरुले सदरमुकाम परासीमा दवाब मुलक प्रर्दशन गरेका हुन् । सो क्रममा घटनाको सही छानबिन हुनुपर्ने र दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक समक्ष ध्यानआकर्षण गराएका थिए । मनिषा करिब एक महिना अघि नवलपरासीको पंन्चगनर भानुनगर स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । मनिषा स्थानिय बर्दघाट स्थित न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाको मृत्यु रहस्य बनेपछि प्रहरीले मनिषा संग प्रेम सम्बन्ध राख्ने नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष) पक्राउ गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया