राष्ट्रिय युवा संघ नेपाल गैंडाकोट नगर कमिटीद्धारा २ लाखको स्वास्थ्य सामाग्री हस्तान्त्रण

गैँडाकोट, २१ जेठ ।
राष्ट्रिय युवा संघ नेपाल गैंडाकोट नगर कमिटीले शुक्रबार गैँडाकोट नगर अस्पताललाई २ लाख रुपैँया बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । कमिटीद्धारा सञ्चालित हाम्रो समाज, हाम्रै कर्तव्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सामाग्री प्रदान गरेको हो । गैंडाकोट नगर अस्पताललाई अक्सिमिटर ५० थान, माक्स ४००० पिस , पीपीई र फेस शिल्ड लगायत रु २,००,००० दुई लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री नगर प्रमुख छत्रराज पौडेलले अस्पतालका प्रमुख इन्द्रराज शर्मालाई हस्तान्त्रण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले संघले गरेको मानविय कार्य प्रति धन्यबाद व्यक्त गर्नु भयो ।
नगर कमिटी संयोजक बिनोद कंडेल, युवा संघ नेपाल नवलपुरका संयोजक कृष्ण कंडेलले सबै जुटेर कोभिडको गम्भिर बिरामि बढिरहेको पछिल्लो अवस्थामा समाजिक कार्य गर्न आवश्यक भएको ले युवा संघले सामाजिक कार्य गरिरहेको बताएका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु वडा नं ५ का नवराज कंडेल, वडा नं १३ का पदम पौडेल, वडा नं १० का देबिदत्त कंडेल, वडा नं ११का गोबिन्द प्रसाद सुबेदी, वडा नं ९ का प्रेम सापकोटा लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रम नगर कमिटी संयोजक बिनोद कंडेलको अध्यक्षतामा भएको थियो ।
तपाइँको प्रतिक्रिया