राष्ट्रिय सरसफाई सप्ताहा विहिवार नवलपरासीको मध्यबिन्दु नगरपालिका बाट सुरु

नवलपरासी, ९ पुस ।१६ औं राष्टिय सरसफाई सप्ताहा नवलपरासीको मध्यविन्दु नगरपालिकाबाट शुरु गरिएको छ । सरसफाई सप्ताहाको विहीबार स्थानीय विकास तथा संघीय मामिलाका सचिव माधवप्रसाद रेग्मीले उद्घाटन गरे ।पूर्व पश्चिम राजमार्गको मध्यभाग ध्यविन्दुबाट सरसफाई सप्ताहा शुरु गरिएको हो ।सरसफाई सप्ताहाको उद्घाटन गर्दै सचिव रेग्मीले सरसफाई मानिसको जीवनको अभिन्न पाटो भएकाले यसलाई सरसफाई सप्ताहामा मात्र ध्यान दिने र अरु बेलामा विर्सने गर्न नहुने बताए । उनले यो अभियान सरकारले मनैदेखि लागेर गरेको अभियान भएकाले स्थानीयले सक्दो सहयोग गर्नु पर्नेमा जोड दिए ।सरसफाई सप्ताहाको उद्घाटन पूर्व नवलपरासी जिल्लाका अधिकांश क्षेत्रमा नगरपालिका, गाविस, उद्योग वाणिज्य संघ, महिला समूह, आमा समूह, सहकारी, खानेपानी संस्था लगायतका संस्थाहरु सरसफाई गरेका थिए । कार्यक्रममा हास्यकलाकार धुर्मस र सुन्तलीले सरसफाई सम्बन्ध सचेतनामूलक प्रस्तुति गरेका थिए ।मध्यविन्दु नगरपालिका आयोजनामा भएको कार्यक्रममा नवलपरासीका स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले समेत शुभकामना मन्तव्य राखेका थिए । ७ नगरपालिका र ५६ गाविस रहेको नवलपरासीमा मात्रै ७ नगरपालिका र ६ गाविसमा वातावरण मैत्री कार्यक्रम लागू भएको छ।
तपाइँको प्रतिक्रिया