रास्वपा उम्मेदवार डा. वाग्लेले, आफूलाई टुरिष्ट भन्नेलाई दिए जवाफ

चैत्र २४, तनहुँ ।
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफूलाई टुरिष्ट भन्नेलाई जवाफ दिएका छन् । वाग्लेले सीमा भनेको मानिसले बनाएको मानचित्र मात्रै भएको बताउदै उत्तर फर्काएका हुन् ।
यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पु¥याइएको छ । तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगिएको छ । म मर्स्याङ्दी पारिको स्वर्णिम वाग्ले चाहि यहाँ आएर किन लड्न नहुने भन्दै प्रश्न गर्नुभयो । अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा उसलाई टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने उहाँको तर्क थियो ।
नेपालको संविधानमै कुनैपनि नागरिक जुनसुकै क्षेत्रमा गएर लड्न पाइन्छ भनेको छ र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल कास्कीमा जन्मिनुभयो, कहिले सिरहाबाट लड्नुभाछ, अहिले गोरखाबाट जित्नुभयो, त्यसैले चुनाबका बेलामा यस्ता संक्रिर्ण सोचका प्रश्न नगर्नसमेत आग्रह गर्नुभयो । तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको उहाँको भनाई थियो ।
तपाइँको प्रतिक्रिया