रुपन्देहीस्थित पेट्रोल पम्पमा आगलागी, लाखौंको क्षति
चैत ३०
गएराति रुपन्देही जील्लाको गाउँपालिका वडा नं ७ गुलरिया चोकमा रहेको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । साँझ पख आयल निगमबाट डिजेल लिएर आएको ट्याङ्करबाट तेल खन्याउने क्रममा पेट्रोल पम्पमा आगलागी भएको हो । आगलागी नियन्त्रण गर्ने क्रममा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिनुभयो । बिहान पोखरेललाई सम्पर्क राख्दा ४ सय लिटर पेट्रोलियम पदार्थ जलेर नष्ट भएको जानकारी भए पनि थप क्षतिको विवरण सञ्चालक स्वयमले तयार पार्दै रहेको बताए । डिजेल बोकेर आएको ट्यांकर समेत जलेर नष्ट भएको जनाइएको छ । दुईवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
तपाइँको प्रतिक्रिया