रुस्लान जावलाखेल कप भेट्रान फुटबलको उपाधि रजहरको अभिषेक चर्चलाई

बिबेक भण्डारी माघ २२ , नवलपरासीको अभिषेक चर्चले रुस्लान जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता जितेको छ । शनिबार जावलाखेल फुटबल मैदानमा सम्पन्न फाइनलमा नवलपरासीले पोखराको बगर भाइखलकलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित र्गयो । जावलाखेल युथ क्लबद्वारा आयोजित प्रतियोगिताको अन्तिम खेलमा निर्धा्रित ४० मिनेटमा दुवैबाट गोल हुन नसकेपछि टाइब्रकेरमा निर्णय गरिएको हो । पोखराका गोलरक्षक रविन शाहीले पेनाल्टी सुटमा पहिलो दुई प्रहार रोके पनि त्यसपछि नवलपरासीले पुनरागमन र्गयो । पोखराबाट चार पेनाल्टीमा मनोज थापाको मात्र गोल भयो । पोखराका हिमाल थापा र विशाल गुरुङको प्रहार बाहिरियो । पूर्व राष्ट्रिय खेलाडी डिल्लीराम श्रेष्ठको प्रहार । गोलरक्षक जितबहादुर तामाङले बचाएका थिए । नवलपरासीबाट यामबहादुर शाही र नर्कु तामाङको पहिलो दुई प्रहार गोलरक्षक रविनले बचाएका थिए । त्यसपछि चक्र पुन, रवीन्द श्रेष्ठ र दीपक कार्कीले गोल गरी नवलपरासीलाई विजयी बनाएका हुन । नवपरासीले १ लाख र पोखराले ५० हजार पाएका छन । पोखराका रविन उत्कृष्ट गोलरक्षक र हिमाल थापा उत्कृष्ट मिडफिल्डरमा चुनिए । नवलपरासीका चक्र पुन उत्कृष्ट स्ट्राइकर भए । सबै विधाका उत्कृष्टले जनही ५–५ हजार र बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट पाएका छन । पोखराका धनकुमार गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन । उनले १५ हजार र माउन्टेन फ्लाइट टिकट समेत पाउन सफल भएका छन । जावलाखेल डिस्ट्रिलरीको आयोजनामा ४० वर्ष पुगेकाले खेल्न पाउने प्रतियोगितामा १४ टोली सहभागी थिए । विजेतालाई स्वास्थ्यमन्त्री गगन थापा, सांसद मदनबहादुर अमात्य, एन्फाका मानार्थ अध्यक्ष टासी घले र जावलाखेल क्लबका अध्यक्ष ठुलोभाइ केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया