रेशम चौधरीलाई भेट्न नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगे

काठमाण्डौं, फाल्गुन १९
रेशम चौधरीलाई भेट्न नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरी, टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका छन् ।
एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु चौधरीलाई भेट्न गएका थिए । भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । चौधरीले भने २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने जानकारी गराएका छन् ।
यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेटेका थिए ।
तपाइँको प्रतिक्रिया