वीरगञ्जमा आज पनि कर्फ्यु जारी

वीरगञ्ज, कार्तिक १७–स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेबाट वीरगन्जमा लगाउँदै आएको कर्फ्यु आज (मंगलबार) पनि जारी छ। स्थिति तनावपूर्ण बनेपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै पर्सा प्रशासनले वीरगन्जको मितेरी पूलदेखि उत्तरतर्फ पर्साको सिमासम्मको मूख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि राधेंमाई सडकखण्ड र बीरगञ्ज बजारमा कर्फ्यु आदेश जारी गरेको हो ।प्रशासनले कफ्र्यू जारी राखेपनि सर्वसाधारणको चहलपहल भने बजारमा बाक्लै छ । मूख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।यसअघि सोमबार बिहान मितेरी पूलमा धर्नामा बस्दै आएका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएपछि दिनभर बीरगञ्जको अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउदा एक जनाको ज्यान गएको थियो ।
तपाइँको प्रतिक्रिया