रोकि राखेको ट्रकमा बस ठोकिदा एकको ज्यान गयो

बिबेक भण्डारी १० , नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा सवारी दुर्घटना हुदा घटना स्थलमै १ जनाको ज्यान गएको छ । पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ४ ख ५०१० नं को रोकि राखेको ट्रकमा बिपरित दिशाबाट जादै गरेको लु १ ख ६९३३ न. को बस अनियन्त्रित भई उक्त ट्रकमा ठोकिन जादा बसमा सवार अन्दाजि ३०।३५ जना यात्रु मध्ये बारा जिल्ला तेराकट्टि बस्ने अन्दाजि वर्ष २५ को संदिप शर्मा घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनमा परि ६ जना घाईत भएको र घाइतेको उपचारको लागि भरतपुर चितवन तर्फ लगिएकोे प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया