रौतहटमा गौर नगरपालिका–७ मा ४५ वर्षीय पुरुषको छुरा प्रहार गरि हत्या

बैशाख ०६, काठमाण्डौं
रौतहटमा गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको छ । राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएपछि उक्त घटना घटेको प्रहरीले जनाएको छ । घटनाका क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रिया