र्फिर्केको नया वर्ष रमाइलो साझ

बिबेक भण्डारी २ , नया वर्ष २०७४ सालको अवसरमा र्फिर्के क्लव रजहरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको । शुक्रवार नया वर्षको अवसर पारी क्लवले विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेका हो । कार्यक्रमको अवसरमा नवलपुरका केरा व्यवशायि एज्ञप्रसाद सुबेदीलाई क्लवले सम्मान गरेको थियो । भेषराज पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानिय कलाकारहरुले विविध सास्कृतिक प्रस्तुत देखाएका थिए । जनकल्याण सामाजिक विकास केन्द्र फिर्केका अध्यक्ष अजय रिजालको अध्यक्षतामा आयोजना भएको सास्कृतिक कार्यक्रम रजहरमा रहेको कालिका मन्दिरको निर्माण गर्ने उद्देश्यले सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । सास्कृतिक कार्यक्रमको संञ्चालन अनिता साँखी , अर्जुन कडेल र सरस्वती जि सीले गरेका थिए ।
तपाइँको प्रतिक्रिया