लक्ष्मी मा.वि. अमरापुरीका प्रअ कंडेलको मनोमानी प्रति अभिभावक आक्रोशित, प्रअको कक्षमा अभिभावकले लगाए ताला

गैंडाकोट, बैशाख ०५
लक्ष्मी मा.वि. अमरापुरीमा विद्यालय ब्यवस्थापन समिति निमार्ण गर्ने शिलशिलामा जालझेल र पक्षपात पूर्ण ब्यवहार गरि सुटुक्क विद्यालय ब्यवस्थापन समिति गठन गरेको भन्दै स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले विद्यालयमा राजनिति गर्न खोजेको भन्दै स्थानीय अभिभावकहरु आक्रोशित भएका हुन् । आक्रोशित अभिभावकले प्रधानाध्यापकको कक्षमा ताला लगाईदिएका छन् । अभिभावकहरुको बिचबाट छनौट गर्नु पर्ने विद्यालय ब्यवस्थापन समितिमा विधि र पद्धति मिचेर आफ्नो नजिकको मान्छेहरु नियुक्त गरेको आरोप लागेको हो । अभिभावक बीचबाट ब्यवस्थापन समिति छनौट गर्न प्रतिस्पर्धा पनि नगराउने र आकांक्षी उम्मेदवारहरुलाई नै थाहा नै सुटुक्क विद्यालय ब्यवस्थापन समितिमा सदस्यहरु छनौट गरेको आरोप अभिभावकले लगाएका छन् ।
आक्रोशित अभिभावकहरुको भिडले विद्यालय पुगेर प्रधानाध्यापक कंडेललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गर्दा प्रधानाध्यापक कंडेल विद्यालयको कार्य समयमा विद्यालयमा अन्य कसैलाई पनि जानकारी नदिई सम्पर्क बिहिन भएका थिए । विद्यालयका अन्य शिक्षक तथा अभिभावकहरुले सम्पर्क गर्न खोज्दा समेत फोन नलाग्ने गराई सम्पर्क विहिन भएको अभिभावकले बताएका छन् । करिब २ घण्टा सम्म कुर्दा समेत प्रधानाध्यापक कंडेल सम्पर्कमा नआए पछि विद्यालयका सहायक प्रधानाध्यापक तिलक बहादुर बटालालाई अभिभावकहरुले ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै सहायक प्रधानाध्यापक बटालाले विद्यालयमा नै हुनु भएको र खाना खान बाहिर निस्कन्छु भनेर प्रधानाध्यापक कंडेल निस्कनु भएको बताउनु भयो । अब आफुले यो ज्ञापन पत्र विद्यालय ब्यवस्थापन समिति एवं प्रधानाध्यापक कंडेल समक्ष बुझाउने र अभिभावकको माग भनाईहरु जस्ताको त्यस्तै राख्ने प्रतिबद्धता जनाउनु भयो ।
अभिभावकहरुले प्रधानाध्यापक कंडेललाई छिटो भन्दा छिटो सम्पर्कमा आउन भनेका छन् । प्रधानाध्यापक कंडेलले विद्यालयको ब्यवस्थापन समितिको निमार्ण नियम सम्बत ढंगले गर्नु पर्ने, विद्यालयको आर्थिक प्रतिवेदनहरु छानविन गर्नुपर्ने, कंडेलको आफ्नो माताहतका मान्छेहरु राखेर समिति निमाार्ण गर्ने र आर्थिक हिनामिना गरेको हुन सक्ने भएकाले स्पष्ट छानबिन गर्नु पर्ने माग अभिभावकको रहेको छ ।
प्रअ कंडेलले कलेजको प्राङ्गगणमा विद्यालयको भवन निमार्ण गर्ने, विद्यालयको गुणस्तर सुधार भन्दा कमिसनको चक्करमा भौतिक संरचनाहरु मात्र अनावश्यक रुपमा निमार्ण गर्ने गरेको, अनावश्यक ठाउँमा पर्खाल लगाएर बजेट सकि स्थानीयलाई डुबानमा पारेको, अनावश्यक ठाउँमा नाली निमार्ण गरेको, कुनै दीर्घकालिन सोच र योजना विना नै भौतिक संरचनाहरु निमार्ण गर्ने गरेको अभिभावकको आरोप रहेको छ ।
अभिभावकहरुले प्रधानाध्यापक कंडेललाई छिटो भन्दा छिटो अभिावकको सम्पर्कमा आई वार्ता गर्न आब्हान गरेको छ । यदि कंडेलले आलटाल गरेमा अदालत र अख्तियार जाने समेत चेतावनी दिएका छन् । प्रअ कंडेलको मनोमानी र अपारदर्शिताको विषयमा जिल्ला शिक्षा तथा नगर शिक्षामा समेत निवेदन मार्फत जानकारी गराईएको र त्यसमा कुनै सुनुवाई नभएको प्रति अभिभावकले समेत गुनासो पोखेका छन् ।
भिडियो न्युज हेर्नुहोस :
तपाइँको प्रतिक्रिया