लक्ष्मी म.वि.ले स्वर्ण महोत्सव मनाउँदै

लक्ष्मी मा.वि. गैँडाकोट १५ अमरापुरीले यही फागुन ७ गते स्वर्ण महोत्सव मनाउने भएको छ । स्वर्ण महोत्सवको अवसरमा एक महिनाको अवधिभर विद्यालयले विभिन्न कार्यक्रम गर्ने जनाएको छ । मंगलबार विद्यालय परिषरमा पत्रकार सम्मेलन गरी विद्यालयले एक महिने कार्यक्रम सार्वजनिक गरेको हो । विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा विद्यार्थी शिक्षक कर्मचारी र अभिभावक लक्ष्यित खेलकुद तथा विविध अन्तक्र्रिया आयोजना गरेको छ । माघ १२ गतेदेखी फागुन ७ गते सम्म विभिन्न खेलकुद, विज्ञान प्रर्दशनी, हाजीरीजवाफ, लोक नृत्य प्रतियोगिता, रक्तदान, मुल समारोह लगायतका कार्यक्रम गरिने विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले जानकारी दिनुभयो । स्वर्ण महोत्सवका कार्यक्रमबारे जमानकारी गराउँदै उहाँले ९५ लाख बराबरको आय व्ययको अनुमान गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक विष्णुप्रसाद कंडेलले लक्ष्मि मावी चेतनाको दियो रहेको बताउनुभयो । उहाँले नवलपरासीमा शिक्षाको प्रभाव छाड्दै अगाडी वढ्ने प्रतिवद्धताका साथ लागिरहेको बताउनुभयो ।
प्रचार प्रसार समितति संयोजक खेमप्रसाद सापकोटाले स्वागत गर्नुभएको पत्रकार सम्मेलनमा शिक्षक अभिभावक संघका अध्यक्ष काशीराम कंडेल, समाजसेवी दाताराम पाण्डे, तेजेन्द्रप्रसाद सापकोटा, उप समितिका संयोजक, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको उपस्थिती रहेको थियो । २०२४ सालमा स्थापना भएको यस विद्यालयमा हाल ८ सय ८२ विद्यार्थी अध्ययनरत छन् । बालमैत्री विद्यालय निर्माणको अभियानमा लागेको विद्यालयले आगामी शैक्षिक सत्रबाट डिजिटल शिक्षण प्रणाली लागु गर्ने रणनीति लिएको छ । विद्यालयले विद्यालय शिक्षामात्र नभई बालबालिकाको जीवनशैली स्वस्थ खानपानको विशेष कार्यक्रम ल्याउने जनाएको छ ।
तपाइँको प्रतिक्रिया