लगानी योजना र बालमैत्री स्थानीय शासनको सुचक छलफल

बिबेक भण्डारी २३, लगानी योजना र बालमैत्री स्थानीय शासनको सुचक बारेमा छलफल कार्यक्रम आयोजना भएको छ । देबचुली नगरपालीकाको आयोजनामा र जिल्ला बिकास समिती , युनिसेफ नेपालको सहयोगमा बालबालिकाको लगानी योजना र बालमैत्री स्थानीय शासनको सुचकहरुको बारेमा छलफल कार्यक्रम आयोजना भएको छ । सोे कार्यक्रममा बालबालिकाको लागि लगानी योजना निर्माण गरिने र बालमैत्री नगरपालीकाको लागी आवश्यक ३९ सुचकहरुको अबस्थाको बारेमा बिशेष छलफल गरिएको देबचुली नगरपालीकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागाईले बताउनु भयो । देबचुली नगरपालिका साबिकको प्रगतिनगर गाबिस नेपालको पहिलो बालमैत्री गाबिस भएकाले पनि यो नगरपालिकालाई बालमैत्री बनाउनका लागि बिशेष कार्ययोजना र नगरपालीकाबाट पनि बजेट निकासा भई कामहरु पनि सञ्चालन भएको वताउनुभयो । कार्यक्रममा जिल्ला बिकास समिती नवलपरासीका प्रतिनिधी,युनिसेफ नेपालका शर्मिला पौडेल,बालमैत्री परामर्शदाता खिमानन्द भुषाल,जागृति बाल तथा युवा सरोकार नेपालका दिपक शर्मा लगायतले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बालमैत्री स्थानीय शासन नगर समिती,सल्लाहाकार समिती,नगर स्तरिय बाल सँजालका पदाधिकारीहरु,बिधालयका प्रतिनिधीहरु,सामाजिक सँघसँस्थाका प्रतिनिधीहरु,पारालिगल कमिटीका पदाधिकारीहरु गरि ७० जना भन्दा बढीको सहभागिता रहेको छ ।
तपाइँको प्रतिक्रिया