लागु औषध सहित पक्राउ परेका तिन जना लाई जिल्ला प्रहरीमा

पुरुषोत्तम सुबेदी
नवलपरासी , २९ जेठ । नवलपरासीमा प्रतिबन्द्धित लागु औषध सहित पक्राउ परेका तिन जनालाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालयमा पठाईएको छ ।ईलाका प्रहरी कार्यालय सुनवलको सुरक्षा गस्ती टोलीद्धारा शुक्रबार जिल्लाको स्वाठीबाट लागु औषध सहित पक्राउ गरिएका तिनै जनालाई थप कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय पठाईएको हो ।
पक्राउ पर्नेहरुमा नवलपरासी देउगाउँ ४ का ४५ बर्षिया रँगी अहिर , २८ बर्षिया सन्तोष बानिया र देउगाउँ ३ का २५ बर्षिया राजेश्वर बानिया रहेको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट प्रहरीले प्रतिबन्द्धित लागु औषध ३०० थान नाईट्रोभेट र १४४ थान स्पाजोम बरामद गरेको थियो ।
बरामद लागु औषध सहित पक्राउपरेकाहरुलाई आवश्यक कारवाहीकालागी जिल्ला प्रहरी कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया