लागु औषध सहित २ जना पक्राउ

बिबेक भण्डारी २१ , इलाका प्रहरी कार्यलय नवलपुरले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ । आइतवार नवलपरासीको दुम्किबास १ मा चेकिङ गर्ने क्रममा ना २३ प ८९२३ नम्बरको मोटर साइकलको एयर बक्स भित्र नोफिन ५१ , डिजुपम ५१ , फिनिजरेन ५१ ग्रि कुल १५३ थान लागु औषध बरामद गरेको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । प्रहरी कार्यलयका अनुसार चेकिङ गर्ने क्रममा चितवन कालिका नगरपालिका ५ बस्ने २७ वर्षका नवलराज रिमाल र सोहि मोटरसाइकल पछाडी बस्ने वर्ष १८ का धिरज थापाको साथबाट सो लागु औषध बरामत गरेको प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
तपाइँको प्रतिक्रिया