लागूऔषध सेवनको अभियोगमा र्यापर ‘लाउरे’ पोखरामा पक्राउ

काठमाडौं, १५ पुस।
लागूऔषध सेवनको अभियोगमा चर्चित र्यापर आशिष राना ‘लाउरे’ पक्राउ परेका छन् । कास्की प्रहरीले उनलाई पोखरामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका थिए ।
तपाइँको प्रतिक्रिया