लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीको आयोजनामा एक दिने आँखा शिविर सम्पन्न.

गैंडाकोट १६ मा रहेको अमर ज्योति मा.बि.मा यहि जेष्ठ ९ गते बिद्यार्थी लक्षित sight for kids कार्यक्रम अन्तर्गत एकदिने आँखा शिविर सम्पन्न गरिएको छ । लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीको आयोजना तथा चितवन आँखा अस्पतालको प्राविधिक सहयोग उक्त शिबिर भएको हो ।
शिबिरमा विद्यार्थी र अभिभावक गरी ३१२ जनाको आँखाको जाँच गरिएको थियो । बिहान १० बजेबाट सुरु गरिएको शिबिरमा अधिकांश बिरामीमा रिफ्राक्टिभ ईरर (चस्मा लगाउनु पर्ने ) र आँखाको एलर्जी देखिएको नेत्र विशेषज्ञ पर्शुराम रेग्मीले बताउनु भयो । शिबिरमा बिरामीहरुलाई निःशुल्क जाँच, परामर्श तथा औषधी बितरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया