लिम्पियाधुरा समेत समेटि चुच्चे नक्सा बनाएर ओलीले जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ : कमल थापा

चितवन । राप्रपा अध्यक्ष कमल थापाले लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेको भन्दै केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै थापाले ओलीले नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाएको भन्दै धन्यवाद दिएका हुन् ।
उनले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने समेत बताए
सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए । त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए ।
‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ । पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो । दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ’, थापाले भने ।
तपाइँको प्रतिक्रिया