लुम्बिनी फुटबल क्लवलाई हराउँदै थ्री स्टार क्लव राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा
लुम्बिनी फुटबल क्लवलाई हराउँदै थ्री स्टार क्लव राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोमा भएको दोश्रो खेलमा थ्री स्टारले लुम्बिनीलाई ५–० को फराकिलो अन्तरले हरायो । थ्री स्टारका लागि जगजीत श्रेष्ठ र ओलाओलेले समान २ गोल गरे भने अमर डंगोलले अर्को एक गोल थपे । यो जितसँगै थ्री स्टारको १३ खेलबाट २६ अंक भएको छ । यसअघि ललितपुरको सातदोबाटोमा भएको पहिलो खेलमा मोरङ फुटबल क्लवलाई ७–० को फराकिलो अन्तरले हराउने नेपाल आर्मी भने तालिकाको दोश्रो स्थानमा छ ।
आर्मीको १३ खेलबाट २४ अंक भएको छ तेश्रो स्थानमा रहेको झापाको पनि समान १३ खेलबाट २४ अंक नै छ ।
तपाइँको प्रतिक्रिया