लेकबेशी यातायात ब्यवसायी समितिको अध्यक्षमा पुन: युवराज बस्याल

लेकबेशी यातायात ब्यवसायी समितिको अध्यक्षमा युवराज बस्याल पुन: निर्बिरोध निर्वा्चित भएका छन् । समितिको आठौं साधारण सभा तथा पाँचौ अधिबेशनले बस्याललाई अध्यक्षतामा निर्वा्चित गरेको हो । बेल्डियामा शनिवार भएको अधिबेशनले बरिष्ठ उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, उपाध्यक्षमा लालचन श्रेष्ठ, महासचिवमा मोहनराज पाठक, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा रेशमलाल सापकोटा, सह सचिवमा शिबकान्त तिवारीलाई निर्वा्चित गरेको हो । त्यस्तै सदस्यहरुमा केशर गाहा मगर , कोषराज पौडेल, कृष्णचन्द्र वाग्ले, कृष्णप्रसाद काफ्ले, डहगराम गुरौं मानबहादुर रानामगर, मीनप्रसाद श्रेष्ठ र राजमोहमद मियाँ निर्वा्चित भएका हुन् । अधिबेशनले लेखा समितिको संयोजकमा लिलाराज खनाल, सदस्यहरुमा प्रकाश भण्डारी र माधवप्रसाद सिग्देललाई चयन गरेको छ । गैंडाकोट उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्चनको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी परशुराम तिवारी , देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष धर्म बस्याल लगाएकाले बोलेका थिए ।
तपाइँको प्रतिक्रिया