वन्यजन्तु चोरी सिकारी गर्दै गर्दा नयाँबेलानीका सुनारी पक्राउ

पुरुषोत्तम सुबेदी
नवलपरासी , ३१ जेठ । नवलपरासीमा पक्राउ परेका चित्र बहादुर सुनारीलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सँरक्षण ऐन २०२९ र हात हतियार खरखजना सम्बन्धी दुबै मुद्दा चलाईने तयारी गरिएको छ । जिल्लाको सर्दी ईलाका बन क्षेत्र भित्र ( चुरे बन क्षेत्रमा ) चोरी सिकारी गर्दै गर्दा बन शसस्त्र बन रक्षक टोलीले तिन नाल हतियार सहित नवलपरासी नयाँबेलानी का ४५ बर्षिय सुनारीलाई पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका सुुनारीलाई अनुसन्धान पश्चात दुबै मुद्दा चलाईने तयारी गरिएको जिल्ला बन अधिकृत विजयराज सुबेदीले बताउनुभयो । अबैध रुपमा वन्यजन्तु चोरी सिकारी गर्न बन क्षेत्रमा शिकारीरु छिरेको सुराकी पाएपछि शसस्त्र बन रक्षक टोलि शिकारी पक्राउ गर्ने क्रममा केही बेर दोहोरा फायरिङ्ग समेत भएको थियो । सो क्रममा सिकारीहरुले सिकार गरी मारेका एउटा मृत चित्तल , र एउटा बदेल समेत बन रक्षक टोलीले फेला परेको थियो । अन्य केही सिकारीहरु फरार भएका छन् । यस बारे थप अनुसन्धान भईरहको र फरार सिकारीहरुको खोजीकार्य भईरहेको जिल्ला बन कार्यालयका बन अधिकृत सुबेदीले बताउनुभयो । सुनारी हतियार सहित पक्राउ परेकाले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सँरक्षण ऐन २०२९ र हात हतियार खरखजना सम्बन्धी दुबै मुद्दा चलाईने तयारी गरिएको ख हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सँरक्षण ऐन २०२९ जस अन्र्गत २ बर्ष कैद र १० हजार जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्राबधान छ । यता हात हतियार खरखजना सम्बन्धी छुट्टै कडा कानुन छ ।
तपाइँको प्रतिक्रिया