एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध

चितवन, १३ मंसिर । नेकपा एमालेको जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी निर्वाचित भएका छन् । ।वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी छ ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् । स्रोतका अनुसार मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उमेदवारी नपरेको छैन ।
अन्य पदमा भने चुनाव हुने भएको छ । अध्यक्ष पदमा केपी ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । त्यहाँ पनि चुनाव हुनेछ ।
तपाइँको प्रतिक्रिया