वर्षमान पुनकी आमालाई गोली लागि घाईते भएको घटनामा दुर्घटनावश गोली चलेको बयान

२ वैशाख, काठमाडौं ।
माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली लागि घाईते भएको घटनामा सुरक्षामा खटिएका प्रहरीले दुर्घटनावश गोली चलेको बयान दिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा, आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका हुन् ।
बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा शुक्रबार नयाँ वर्षको अवसरमा पारिवारिक जमघट थियो । त्यसक्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीलाई मध्यराति १ बजे मात्रै खबर गरिएको थियो । घटना लगत्तै प्रकाश त्यहाँबाट भागिसकेका थिए । बिहान उनको कोठाबाट नियन्त्रणमा लिइएको हो ।
तपाइँको प्रतिक्रिया