वाख्रा पालन सिप संम्बन्धी तालिम सुनवलमा सुरु

रामग्राम , १५ वैशाख । नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी द्धारा संचालित वन तथा कृषि सहज कार्यक्रम अन्तरर्गतको चार दिने वाख्रा पालन शिप समवन्धी तालिम सुनवलको विसासयमा शुरु भएको छ । वन तथा कृषि सहज कर्याक्रम अन्तरर्गतका सुनवल र रुपौलिया गाविसका वाख्रा पाल्ने किसानहरुलाई दक्ष वनाई जिविकोपार्जनमा सुधार ल्याउने उद्देश्यका साथ तालिम सुरु गरिएको हो । वन तथा कृषि सहज कार्यक्रम अन्तरर्गत शुरु भएको कार्यक्रममको अध्यक्षता नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपासीका निवर्तमान अध्यक्ष ताथ त्रिपल एफ कार्यक्रमका फोकल पर्शन उमानाथ पोखरेलको रहेको थियो । चार दिने वाख्रा पालन सिप समवन्धी तालमको प्रशिक्षक करुण काफ्रले रहनुभएको छ भने मंगलवार पहिलो दिन पशु सेवा कार्यालय नवलपरासीका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शंकर साहको विशेष प्रशिक्षण रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी अन्तरर्गतका वन तथा कृषि सहज कार्यक्रमका जिल्ला अधिकृत रमेश भुसालले वताउनु भएको छ । २०७१ साल देखि नवलपरासी जिल्लामा अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ आइ यु सि एन नेपालको संयोजनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपाल र सामुदायिक वन उपभोत्ता महासंघ नेपाल को सहकार्यमा वन तथा कृषि सहज कार्यक्रम संचालन मा रहेको त्रिपल एफ का जिल्ला अधिकृत भुसालले वताउनु भयो ।
तपाइँको प्रतिक्रिया