विकूको तेह्रौ सेवा केन्द्र देवचुली १३ दलदलेमा

असोज २५, गैंडाकोट
सर्वोउत्कृष्ट सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमीटेडको तेहै सेवा केन्द्र देवचुली १३ दलदलेमा समुदघाटन गरिएको छ । दलदले सेवा केन्द्रको समुदघाटन भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालय , सहकारी बिभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले रिवन काटेर गर्नुभएको हो ।
समुदघाटन समारोहलाई सम्बोद्धन गर्दे डा. पाण्डेले सहकारीमा अब शेयर सदस्य दुखी हुने अवस्था अन्त्य गर्नुपर्ने बताउभयो । संचालक र व्यवस्थापन पक्ष नभएर सहकारीमा शेयर सदस्य खुशी बनाउने अभियान सहकारीले थालनी गर्नुपर्नेमा उहाले जोड दिनुभयो । सहकारीको संख्या बढने, व्यवस्थापन कमजोर हुने र बचतकर्ताको बचत खाएर भाग्ने अवस्था अन्त्यका लागि सहकारी एकिकरणको विकल्प नभएको कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका डा. पाण्डेको भनाई छ । नवलपरासी र प्रदेशमै सहकारीको एकिकरणमा अव विकूले नेतृत्व लिन पनि उहाको आग्रह छ ।
विकू सहकारीले हाम्रो लक्ष्य खुसी एवं स्वस्थ सदस्य नारा लिएर काम गरिरहेको छ । जन्मदेखी मृत्यु सम्म मात्र नभई आमाको कोख देखी चितासम्म विकू भन्ने अभियान रहेको संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले बताउनुभयो । विकू सहकारीले गरिवी निवारणमा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो उहाले विकुले उत्पादनमुलक र रोजगारीमुलक क्षेत्रमा रहेर लगानी र कार्य गरेकाले गरिवी न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
समुदघाटन समारोहमा बोल्दै गैंडाकोट नगरपालीकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले ५० पैसा बचत संकलनबाट शुरु भएको विकूले ४ अर्ब २५ करोड पुजी संकलन गरेको छ । निरन्तरता र लगनशीलता भए सफल बन्न सकिन्छ भन्ने उदाहरण विकूले प्रस्तुत गरेको बताउनुभयो ।
नेफ्स्कुनका संचालक भरत प्रसाद दवाडीले आर्थीक खाडललाई सम्मो बनाउने यन्त्र नै सहकारी भएको बताउनुभयो । उहाले धनी र गरिवी बिचको खाडल पुर्न सहकारीले भुमिका निर्वाह गरिरहेको बताउनुभयो । विकू साकोसले नवलपरासीको मात्र नभई देश , बिदेशमा सहकारी अभियानलाई अगाडी पुर्याउन अहम भुमिका खेलेको दवाडीको भनाई छ ।
देवचुली नगरपालीका वडा नम्बर १० का वडाध्यक्ष केशर आलेले बिभिन्न स्थानबाट सेवा प्रदान गरिरहेको विकूको नाममा नै विश्वास जोडिसकेको बताउनुभयो ।साथै उहाले देवचुलीमा विकूलाई स्वागत गर्न पाउदा खुशी लागेको पनि बताउनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतमले विकू बचत जिल्लाकै उत्कृष्ट्र सहकारी भएको दाबी गर्दे यस संस्थाले गरेको काम र पाएको सफलताले अन्य सहकारी संस्थाको प्रेरणा बनेको बताउनुभयो ।
विकू सोकोसका पूर्वअध्यक्ष ईन्द्रराज ज्योती पौडेलले विकू अरु सहकारी संग प्रतिस्पर्धा नभई सहकार्य गरेर अगाडी बढने संस्था रहेको बताउनुभयो । साथै उहाले सदस्यका लागि विकुले सदैव कार्य गरेको पनि बताउनुभयो ।
समाजसेवी तिलकप्रसाद सापकोटाले युवाको नेतृत्वले गर्ने हरेक कार्य सफल हुने बताउदै विकू उदाहरण बनेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष त्रैलक्यनाथ खरेलले स्वागत मन्तव्य व्यक्त गर्दे २०४८ सालमा स्थापना भएको यस सहकारीले नवलपरासीका बिभिन्न स्थानमा १२ वटा सेवा केन्द्र स्थापना गरेर ६२ हजार सदस्यलाई सेवा प्रदान गर्दे आईरहेको बताउनुभयो । फजुल खर्च कम गर्दे बचत गर्ने बानीको विकासका लागि ५० पैसा बचत संकलन बाट सहकारीको सुरुवात भएको बताउदै अब पनि सदस्यको हितका लागि कार्य गर्दे जाने बताउनुभयो ।
कार्यक्रममा सहकारीकर्मी मिलन श्रेष्ठ, विकू कावासोती सेवा केन्द्र संयोजक दिलमाया श्रेष्ठ, समाजसेवी खिमानन्द भुषाल, दलदले वजार व्यवस्थापन समिति अध्यक्ष तेजप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समुदघाटन समारोहको संचालन संस्थाका सचिव गोबिन्द रिमालले गर्नुभएको थियो भने अध्यक्षता संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया