विकूको वित्तिय साक्षरता प्रभातफेरी, गैँडाकोट देखि चोरमारासम्म
गैडाकोट, २६ श्रावण ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गौरवमय २८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा वित्तिय सचेतना प्रभात फेरी कार्यक्रम भएको छ । शनिबार विहान गैँडाकोट ८ मा रहेको विकूको केन्द्रीय कार्यालय परिसरबाट सुरु भएको प्रभात फेरी कार्याक्रम चोरमारामा रहेको सेवा केन्द्रमा पुगेर समापन भएको थियो । गैँडाकोट देखि सुरु भएको प्रभात फेरी कार्यक्रममा २ सय भन्दा बढी मोटरसाइकल रहेका थिए ।
विकूका सबै सेवा केन्द्र अघि प्रभात फेरीमा रहेका शेयर सदस्यहरुलाई स्वागत गरिएको थियो । सिमसिम पानीमा भिज्दै कोल्हुवा हुँदै चोरमारा निस्केको प्रभात फेरी कार्यक्रममा वित्तिय सचेतनाका नाराहरु बजाइएको थियो ।
प्रभातफेरीको समापन कार्यक्रममा विकू वचतका अध्यक्ष केशव प्रसाद सापकोटाले विकूले यस वर्ष तीन वटा साक्षरताका कार्यक्रम अघि बढाउने बताउनुभयो । यस वर्ष वित्तिय साक्षरता कार्यक्रम, मोबाइलबाट बैकिङ कारोबार गर्नका लागि प्रविधि साक्षरता र स्वस्थ सदस्य बनाउन स्वास्थ्य साक्षरताको कार्यक्रम अघि बढाउने अध्यक्ष सापकोटाको भनाइ रहेको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष एवं सहकारी अभियन्ता इन्द्रराज ज्योति पौडेलले प्रभात फेरी कार्यक्रमले स्वस्थ समाज निर्माण, बचत तथा कम खर्च गर्ने बानीको विकास गराउन सन्देश दिएको बताउनुभयो ।
यसैगरी विकूका पूर्व अध्यक्ष नारायण सापकोटाले वित्तिय साक्षरताका लागि यस्तो किसिमको प्रभात फेरी कार्यक्रम पहिलो पटक आयोजना भएको बताउनुभयो ।
भाद्र ५ गते २८ औँ वार्षिकोत्सव मनाउन लागेको विकूले हाजिरी जवाफ प्रतियोगिता, भदौ २ गते रक्तदान कार्यक्रम, ३ गते स्रस्टासंग विकू लगायतका कार्यक्रमको आयोजना गरको छ ।
तपाइँको प्रतिक्रिया