विकूको व्यावसायिक सिपमुलक तालिमको उद्घाटन समारोह सम्पन्न, २०० बढी सहभागी उद्यमशिल तथा स्वरोजगार बन्दै

बैशाख ८, कावासोती
विकू बचत तथा ऋण सहकारी संस्था लि. ले कावासोतीमा ३५ दिने सिपमुलक तालिमको उद्घाटन गरेको छ । कावासोतीको स्वस्तिक बैंक्वटमा आज सो तालिम कार्यक्रमको उद्घाटन गरिएको हो । सिपमुलक तालिम अन्तर्गत ब्युटिसियन, वेटर÷वेट्रेस, मोबाईल फोन मर्मत तालिम दिन लागिएको हो । यो तालिम विकूले आफ्ना सेयर सदस्यहरुलाई तालिम प्रदान गरि आर्थिक उपार्जन तथा ब्यवसायिक क्षमता अभिवृद्धि गर्नका लागि सो तालिमको सुरुवात गरेको हो । तालिम यहि वैशाख ११ गते वाट ३५ दिनसम्म सञ्चालन हुने छ भने २०० जना भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
विकू वचतको आयोजना तथा लुम्बिनी पोलिटेक्निक ईन्टिच्युट प्रा.लि. कपिलबस्तुसँगको प्राविधिक सहकार्य तथा ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखरा, कास्की सँगको सहकार्यमा तालिमको उद्घाटन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष श्री ओम प्रसाद सापकोटाज्यूको अध्यक्षता तथा कावासोति नगरपालिकाका नगर प्रमुख श्री विष्णु प्रसाद भुषालज्यू को प्रमुख आतिथ्यतामा शुभारम्भ भएको हो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री यमुनाथ आचार्यज्यूले राख्नु भएको थियो । कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष श्री लक्ष्मी गौतम, लुम्विनि पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि का प्रवन्ध निर्देशक श्री अरुण अर्याल, नवलुम्विनि सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री गणेश मान महतो, कावासोति सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री दुर्गा ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सहभागि वाट टेक वहादुुर थनेतले विकू सहकारी ले तालिमको अवसर सिर्जना गरेकोमा खुसि व्यतm गर्दै सहभागिहरुले तालिमको सहि सदुपयोग गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुषालले स्थानीय पालिका तथा नेपाल सरकारले गर्नुपर्ने काम विकूले गरेकोमा खुसि व्यक्त गर्नुका साथै आफुले गर्नुपर्ने सहयोग हरेक समय गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख अधिकृत श्री माधव प्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उप–समितिका पदाधिकारीज्यूहरु र तालिमका सहभागिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया