विकूको ३२ औं वार्षिकोत्सवको अवसरमा वित्तीय सचेतना प्रभातफेरी सम्पन्न

भाद्र ३, गैंडाकोट ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ औं वार्षिकोत्सवको अवसरमा वित्तीय सचेतना सम्बन्धी प्रभातफेरी गरेको छ ।
वित्तीय सचेतना सम्बन्धी प्रभातफेरी शुक्रबार विकूको मुख्य कार्यलय गैंडाकोट ८ बाट सुरु गरि भरतपुर विरेन्द्र क्याम्पसचोक, विशालचोक हुँदै पदमपुर, जयमंगला चोक, बकुल्लहर चोक हुँदै टाँडी तरकारी चोक रत्ननगर ३ मा पुगेर एक कार्यक्रमका बीच कोण सभामा परिणत भएको थियो ।
वित्तीय ज्ञान सबैमा हुन आवश्यक रहेको बताउँदै त्यसैका लागि पनि यो कार्यक्रम गरेको विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले बताउनुभयो ।
विकूले अन्य सहकारीले भन्दा फरक तरिकाले काम गर्दै आएको कार्यक्रममा सम्बोधन गर्दै संस्थापक अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । उहाँले म विकूको सदस्य हो, विकूका बारेमा जानेको छु भन्दा मात्र पनि गर्व गर्न सक्ने वातावरण बनाएको बताउँदै यसलाई कायम राख्न आग्रह गर्नुभयो ।
विकूसँग सहकार्य गरेर काम गर्ने ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै गैंडाकोटमा ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रमुख पूर्णबहादुर अधिकारीले सबैलाई ट्राफिक नियमको पालन गर्न आग्रह गर्दै ट्राफिक सचेतनाको बिषयमा गरेको काम प्रशंसा योग्य रहेको बताउनुभयो ।
प्रभातफेरी कार्यक्रममा विकूका सञ्चालक, २३ वटा सेवा केन्द्रका व्यवस्थापन उप समितिका संयोजक तथा सेयरसदस्य एवं कर्मचारी लगायत ३सय भन्दा बढीको सहभागीता रहेको विकूका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया