विकू बचतद्धारा ५ बिधामा रही सिपमुलक तालिमको आयोजना, तालिममा करीब १५० जनाको सहभागीता

सबिता तिवारी
गैंडाकोट जेष्ठ १२
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिपमुलक तालिमको आयोजना गरेको छ । व्यवसायिक तथा सिप बिकास तालिम केन्द्र गण्डकी प्रदेश पोखराको सहयोगमा एड्भान्स मन्टेश्वरी, एड्भान्स व्युटिसियन, एड्भान्स इलेक्ट्रीसियन, कुशन डल्स, तरकारी खेती गरी ५ बिधामा रही तालिमको आयोजना गरेको हो । कृषिमा ५० र अन्यमा २५ गरी करीब १५० जनाको तालिममा सहभागीता रहने छ । आइतबार तालिमको समुद्घाटन कार्यक्रममा व्यवसायिक तथा सिप बिकास तालिम केन्द्र पोखराका अनिल सुवेदी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । उहाँँले सिपमुलक तालिम आजको आवश्यकता हो भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक ओम प्रसाद सापकोटा, यमुनाथ आचार्य, गैंडाकोट वडा नम्बर १ का वडा अध्यक्ष हरी प्रसाद सापकोटा, आइडियल इन्जिनियरीङ्गका प्रबन्ध निर्देशक अरुण अर्याल लगायतको उपस्थिती रहेको थियो । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख अधिकृत माधव पौडेलले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया