विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्थाको अध्यक्षमा गोपीनाथ खरेल

गैँडाकोट, ७ कार्तिक , विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेड गैडाकोटले १६ औं साधारणसभाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार साँझ अबेर सकिएको साधारणसभाले गोपीनाथ खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भूमिराज चापागाई, सचिवमा नारायण प्रसाद सापकोटा, कोषाध्यक्षमा शालिकराम घिमिरे, सहसचिवमा युवराज सापकोटा वासु चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा इन्द्रराज ज्योति पौडेल, शालिकराम सापकोटा, यमुनाथ आचार्य, रमेश श्रेष्ठ, लक्ष्मी भट्टराई र लक्ष्मीप्रसाद कंडेल चयन हुनुभएको छ । लेखा समितिको संयोजकमा वेदप्रसाद गौडेल र सदस्यहरुमा परमेश आचार्य र रविन्द्रनाथ पोखरेल चयन हुनुभएको छ । नयाँ कार्यसमितिका पदाधिकारीहरुको आइतबार अपरान्ह चार बजे विजय विकास स्रोत केन्द्रको सभाहलमा सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम रहेको छ । यसैबीच वार्षिक साधारण सभाले सचिव भुमीराज चापागाईको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोविन्द कँडेलको आर्थिक प्रतिवेदन, लेखासमितिका संयोजक नारायण सापकोटाको लेखा प्रतीवेदनलाई पारित गरेको छ । साधारण सभामा उत्कृष्ट शेयर सदस्यको रुपमा मौलाकालीका धार्मीक सेवा समिति सम्मानित भएको थियो । यस्तै उत्कृष्ट विज्ञापन दाताको रुपमा लक्की ज्वेलर्स सम्मानीत भएको थियो । यस्तै उत्कृष्ट कर्मचारीतर्फ रेडियोको कार्यक्रम प्रस्तोता शिव महत्तोलाई सम्मानीत गरिएको थियो । संस्थाका उपाध्यक्ष सिद्धकुमार श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा, विकू वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिलाल सापकोटा, विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.का अध्यक्ष माधव प्रसाद पौडेल, साविक गैडाकोट गाविसका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, साविक मुकुन्दपुर गाविसका निवर्तमान अध्यक्ष यमुनाथ आचार्य, सहकारी समन्वय मञ्च गैडकोटका अध्यक्ष वेदप्रसाद गौडेल लगायतका सम्पुर्ण सञ्चालक समितिका पदाधिकारी, लेखासमितिका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरुहरुको उपस्थिती रहेको थियो । विजय विकास स्रोतकेन्द्र गैडाकोटको सभाहलमा भएको साधारणसभा संस्थाका अध्यक्ष इन्द्रराज ज्योति पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सामाजिक रुपान्तरणका लागि वि सं. २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो । यस सूचना तथा सञ्चार सहकारीद्धारा वि.सं. २०६१ सालमा विजय एफ र वि. सं. २०७२ साल देखि विजय खबर पत्रिका सञ्चालनमा ल्याइरहेको छ ।
तपाइँको प्रतिक्रिया