विदेशको सिप स्वदेशमा आम्दानि

बिबेक भण्डारी ९, दश वर्ष भारतको दिल्लिमा कार्य गर्दे आएकागैडाकोट नगरपालिका ७ का होमनाथ सापकोटा यतिबेला आफ्नै ठाउमा पाउरोटि उघोग स्थापना गरि मनग्य आम्दानि गर्न सफल भएका छन । सुरुमा देशमा केहि पनि आम्दानिको स्रोत न देखेपछि भारतको दिल्ली पसेका सापकोटाले अहिले आफैले अरुलाई रोजगार प्रदान गर्न सफल भएका छन । भारतको दिल्लीमा पाउरोटि उघागमा नै काम गरेका सापकोटाले भारतबाट सिकेर आए पछि आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने मनासयले नेपाल मै आएर उघोग स्थापना गरेको बताए । अरुको देशमा काम गर्न पनि भने जस्तो सजिलो नहुने , समयमा पैसा पनि नपाइने , परिवार बाट टाढा बस्नुपर्ने कारण पनि आफुले दिल्लीमा गर्दे आएको काम छाडेको बताए । अहिले सापकोटाले दैनिक ८ हजार देखि १० हजार सम्म कमाउन सफल भएका छन । सापकोटाका अनुसार आफुले भारतको दिल्लीबाट केवल काम मात्र सिकेर आएको बताउर्दै १० वर्ष गरेको मेहेनतले आफ्नै देशमा केहि गर्न सकएिको बताए । पहिले रोजागर नपाए कै कारण रोजगारको सिलसिलामा भारत गएका सापकोटाले अहिले घरकै खाना खाएर मनग्य आम्दानि गर्दे आएका छन । उनले उघोग स्थापना गरे पश्चात स्थानिय पाँच जनालाई पनि रोजगार दिन सफल भएका छन । अहिले सापकोटाले आफ्नै उघोगमा पाउरोटि , समोसा , बर्थदे केक लगाएतका कुराहरु उत्पादन गर्दे आफ्नो आम्दानिलाई बढाउन सफल भएका छन । हाम्रो देश नेपालमा बाहिरी मुलुकका व्यत्तिहरु आएर उस्ता कार्य गर्न सक्छन भने हामिले हामै देशमा पनि कस्ता कार्य गर्न सकन्छि भन्ने उदाहरण सापकोटाले दिएका छन । हामिले गर्न सक्नु पर्छ आवर र अम्दानि हाम्रै देशमा रहेको छ ।
तपाइँको प्रतिक्रिया