विदेशमा भए पनि भोट तपाइको

काठमाडौँ १६, विदेशमा रहेका नेपालीहरुले पनि अबका चुनावमा मतदान गर्न पाउने भएका छन् । संसद बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशमा रहेका नेपाली नागरिकले नेपालमा हुने संघ, प्रदेश र स्थानीय तहको चुनावमा मतदान गर्न पाउने व्यवस्था मिलाइने घोषणा गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलनको प्रवन्ध गरिने जानकारी पनि दिनुभयो । नेपालको झण्डै ३ करोड जनसंख्या रहेकोमा ५० लाख नेपाली विदेशमा रहेको अनुमान छ । कामका लागि गएका युवाको संख्या मात्रै ४० लाख भन्दा धेरै रहेको अनुमान छ । तर २०६८ सालको जनगणनामा भने विदेशमा रहने नेपालीको संख्या १९ लाख १७ हजार मात्र छ । अधिकांश युवा वैदेशिक रोजगारीमा रहेका कारण विदेशमा रहने धेरै नेपाली मतदात गर्न उमेर पुगेका हुने गरेका छन् । विगतमा विदेशमा रहनेहरु मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए । धेरै विकसित देशहरुले आफ्नो देशको चुनावमा विदेशमा रहने आफ्ना नागरिकलाई मतदान गर्न दिने व्यवस्था गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रिया