विद्यतु र खानेपानीको सेवा दिन गैडाकोटका सुकुम्वासीको नगरपालिकासँग माग

नवलपरासी भदौ २८,
गैँडाकोटका सुकुम्वासीहरुले आफुहरुलाई लालपुर्जा नदिएपनि विद्युत र खानेपानी दिन गैडाकोट नगरपालिकासँग माग गरेका छन् । भुमि अधिकार मञ्च गैडाकोटले आज जयश्री सामुदायिक वनको सभाहलमा गरेको सर्वपक्षिय छलफल कार्यक्रममा भुमिहिनहरुले आफुहरु खानेपानी, विद्यतु जस्तो अत्यावश्यकीय सेवावाट वन्चित हुनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राजनैतिक दल र नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ४० वर्षदेखि गैडाकोटमा वसेर पनि जन्मदर्ता, मृत्युदर्ता, नागरिकता वनाउन नपाएको भन्दै दुखेसो गरेका छन् । उनीहरुको गुनासोको जवाफ दिदै गैँडकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले भुमिहिनहरुको समस्या राष्ट्रिय समस्या भएकाले सरकारी तवरवाटै यसको समाधान हुनुपर्ने वताउनुभयो । उहाँले आफु नेपाल सरकारको कर्मचारी भएकाले सरकारी निति, निर्देशन र मान्यताभन्दा वहिर जान नसक्ने वताउनुभयो । उहाँले स्थायी वसोवास गरेको प्रमाणविना जन्मदर्ता, मृत्युदर्ता र नागरिकता लिन नमिल्ने भएकाले स्थायी वसोवास प्रमाणित गर्न सुकुम्वासी समस्या समाधान आयोगमा जान भुमिहिनहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस गैडाकोटका नगर सभापति तारापती खरेलले भुमिहिनलाई अत्यावश्यक परको खानेपानी र विद्युतको समस्या समाधानकालागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले निति नियम भन्दा वाहिर गएर केहि गर्न नसकिने भएपनि व्यवहारिकरुपमा समाधान गर्न सकिने विषयलाई छलफल गरेर टुंगाउने वताउनुभयो । कार्यक्रममा विजय एफ एमका स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका प्रधानसम्पादक धु्रवमणि पौडेलले भुमिहिनहरुलाई अत्यावश्यक विद्युत र खानेपानीको सुविधावाट वञ्चित गर्न नहुने वताउनुभयो। उहाँले भुमिहिनका समस्या समाधानका लागि राजनैतिक दलसहितको टोलीले राष्ट्रियस्तरमा दबाब दिनुपर्ने वताउनुभयो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले लामो समयदेखि वसीरहेका भुमिहिनहरुलाई नगरपालिकाले अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता, खानेपानी र विद्यतुको सेवावाट वन्चित गर्न नहुने वताएका थिए । छलफलमा सवै दलका नेता तथा सरोकारवाला निकायले भुमिहिनको समस्या समाधानकालागि सहयोग गर्ने प्रतिवद्धता जनाएको भुमिअधिकार मञ्च गैडाकोटका सचिब लालु खनालले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया